स्वीडेनमा लगाइएका कोरोना सम्वन्धी सवै प्रतिवन्ध हटाइने

File photo
File photo

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्वीडेनमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ।

अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिए।  

'देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,' उनले भने।

उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो।

प्रकाशित मिति: : 2022-02-03 21:41:00

प्रतिकृया दिनुहोस्