बिग बोस: १५ की बिजेता बनिन् तेजस्वी प्रकाश, के-के पाइन् पुरस्कार?

 भारतीय रियालिटी शो बिग बोस १५ की बिजेता तेजस्वी प्रकाश बनेकी छन्। 

उनले फाइनालिस्ट ५ जनालाई हराउँदै बिजेता बन्न सफल भएकी हुन्। 

फाइनालिस्ट ५ जनामध्ये निशान्त भट्ट सबैभन्दा अगाडि १० लाखको सुटकेश बोकेर निस्किएका थिए। 

त्यसैगरी फाइनालिस्ट शमिता शेट्टी टप ४ बाट बाहिएर तेस्रो रनरअप बनिन्। करण कुन्द्रा टप ३ बाट बाहिरिएसँगै सेकेन्ड रनरअप बने।

टप २ फाइनालिस्ट प्रतिक सहजपाल र तेजस्वीको हात शोका होस्ट सलमान खानले समातेका थिए। जसमा सलमानल् तेजस्वीको हात उठाएर उनलाई बिजेता घोषणा गरेका हुन्। बिजेता भएकी उनले ट्रफीको साथै ४० लाख पाएकी छन्। 

 को हुन् तेजस्वी प्रकाश?
भारतीय टीवीका चिनेजानेका अभिनेत्री हुन्–तेजस्वी प्रकाश। जो आफ्नो अभिनयका कारण दर्शकहरुको मन जित्न सफल भएकी छन्। उनले धेरै सिरियलहरुमा खेलिसकेकी छन्। जसमध्येको एक हो–‘स्वर्रागिनी’ जहाँ उनी ‘रागिनी’ को भूमिकामा देखिएकी थिइन्।

 

प्रकाशित मिति: : 2022-01-31 11:30:00

प्रतिकृया दिनुहोस्