पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १ सय ५१ दशमलव २८ अंकले घटेको छ। गत साताको अन्तिम दिन २ हजार ९ सय ३१ दशमलव २६ को बिन्दुमा रहेको नेप्से सूचक साताको चार दिन लगातार घटेर बिहीबार भने ३ दशमलव ३३ अंकले बढेर २ हजार ७ सय ७९ दशमलव ९८ को बिन्दुमा पुगेको हो।

यस साता २ सय ४६ कम्पनीको २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार ८ ससय ९ रुपैयाँ बराबरको ५ करोड ७५ लाख ८६ हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएका छन्। लगानीकर्ताले झन्डै १ खर्ब ९८ अर्ब रुपैयाँ पुँजी गुमाएका छन्। साताको सुरुवातमा ४१ खर्ब २७ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबारको कारोबारपश्चात् घटेर ३९ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ।

प्रकाशित मिति: : 2022-01-29 15:09:00

प्रतिकृया दिनुहोस्