९०० रुपैयाँले घट्यो सुनको मूल्य

File Photo
File Photo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ। जसको मूल्य बुधबार प्रतितोला रु ९३ हजार ९०० थियो।

त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-01-27 11:34:00

प्रतिकृया दिनुहोस्