प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुटः तालिवान सरकारका प्रवक्ता मुजाहिद

File Photo
File Photo

अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन्। तालिवानले सत्ता सम्हाले महिलाहरु पक्राउ परेको र ऋंखलाबद्ध ढंगले उनीहरुका अधिकार कटौती गरिएका विवरण सार्वजनिक भइरहेका बेला प्रवक्ता मुजाहिदको दाबी आएको हो।

तर, कानुन उल्लंघन गर्ने र विरोधीलाई पकाउ गर्ने अधिकार सरकारी अधिकारीहरुलाई भएको उनले बताएका छन् । ‘कसैले पनि अराजकता निम्त्याउनुहुन्न, किनकी यसले शान्ति र सुव्यवस्थामा असर गर्छ,’ अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग उनले भने।

उनले महिलाका अधिकार कटौती नभएको दाबी गरे पनि १५ अगस्टमा तालिवानले सत्ता सम्हालेपछि अफगानिस्तानमा महिलाहरुको अवस्था दयनीय भएको  बताइन्छ।

महिलाहरुले पूर्वसरकारमा रहेका सुरक्षाकर्मीको रहस्यमय हत्या र आफ्ना अधिकार कटौतीको  विरोधमा राजधानीमा प्रदर्शन गर्दै आएका छन्। तालिवानले सञ्चारकर्मीलाई महिला आन्दोलनको समाचार तथा फोटो खिच्न रोक लगाउदै आएका छन्।

अफगानिस्तानस्थित राष्ट्रसंघीय सहयोग मिसनले महिला कार्यकर्ताहरुको अवस्थाबारे सूचना दिन तालिवानसँग आह्वान गर्दै आएको छ। 

प्रकाशित मिति: : 2022-01-27 10:25:00

प्रतिकृया दिनुहोस्