युक्रेनलाई नेटोबाट प्रतिबन्ध लगाउन रुसकाे मागलाई अमेरिकाद्वारा अस्वीकार

Photo: iStock
Photo: iStock

युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ। रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन रसियाको माग अस्वीकार गरेका हुन्।

युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन्। 

विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन्। यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउटा लिखित सूची नै जारी गरेको थियो। तीमध्ये युक्रेनमा नेटोको सम्भावित परिचालन रोक्नु पनि छ।

पछिल्ला सातामा रसियाले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। यो तैनाथलाई अमेरिकालगायत उसका साझेदार राष्ट्रहरुले युक्रेनमाथिको सम्भावित अतिक्रमणका रुपमा लिएका छन्। यद्यपी, रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ।

युक्रेनलाई नेटोलगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनौट हुने अधिकार भएको अमेरिकाले तर्क गदैै आएका छन्।

प्रकाशित मिति: : 2022-01-27 06:14:00

प्रतिकृया दिनुहोस्