यस्ताे थियाे युट्युबमा अपलाेड गरिएकाे पहिलाे भिडियाे

तपाईं हामीले दिनमा कतिपटक युट्युब खोलेर भिडियो हेर्छौ होला ? सायद १०, १५, २०, ५० कि त्यो भन्दा बढी ?

हामीले ख्याल नगरेका हौंला। काममा ब्यस्त रहँदा, घरबाहिर जाँदा, अलिक कम हेर्छौं होला। तर, घरमै हुँदा अझ भनौं इन्टरनेट हुँदा त झन पूरै दिन पनि बिताइदिन सक्छौँ। आफूलाई मनपर्ने म्युजिक भिडियाे, फिल्म, सिरियल, सेलिब्रेटीका गतिविधि, खेलकुद तथा राजनीतिक गतिविधि गलायत थुप्रै कुरा हामी युट्युबमा हेर्ने गर्छाैँ।

युट्युब अनलाइन भिडियो साझेदारी गर्ने गुगलको स्वामित्वमा रहेको सामाजिक सञ्जाल हो। फेब्रुअरी १४, २००५ मा स्टिभ चेन, चाड हर्ले र जावेद करिमले युट्युब सुरु गरेका थिए। यो गुगल पछिको दोस्रो सबैभन्दा धेरै पटक खोलिने वेबसाइटमा पर्छ। युट्युमा एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ताहरू छन्। हामीहरुले सामूहिक रूपमा प्रत्येक दिन एक अर्बघण्टा भन्दा बढी भिडियोहरू हेर्ने गर्छौँ।

तपाई‌हरुले युट्युबमा कहिलेबाट भिडियो हेर्न थाल्नु भयो ? या कहिलेबाट युट्युबमा भिडियो अपलोड गर्न थाल्नुभएको ? तपाई‌हरुलाई थाहा छ युट्युबमा अपलोड भएको पहिलो भिडियो कुन हो ?  युट्युब च्यानल कुन हो ?

जावेद नामको युट्युब च्यानलमा सन् २००५ अप्रिल २४ मा पहिलाे पटक भिडियो अपलोड गरिएकाे थियाे। उक्त च्यानल पनि त्यही मितिमै खोलिएको छ। त्याे भिडियो जम्मा १९ सेकेन्डको मात्रै छ।

भिडियोमा जावेद दक्षिणी क्यालिफोर्नियाको सानडिगो चिडियाखानामा रहेर बोलेका छन। उनले भिडियोमा हात्तीको सुडको बारेमा बोलेका छन। तर, उक्त भिडियो भने अर्कै ब्यक्तिले जावेदका लागि खिचिदिएका हुन्। भिडियोमा बोलेका पात्र जावेद करिम हुन्। उनी युट्युबका सह–निर्माता समेत हुन्।

उक्त च्यानलमा जम्मा एउटा मात्रै भिडियो अपलोड भएको छ। भिडियोको शीर्षकमा ‘मि एट दि जू’ भनेर राखेका छन। तर, अचम्म त के भने त्यस भिडियोमा हालसम्म २१९ मिलियनले हेरेका छ्न्। भने १० मिलियन मान्छेले त प्रतिक्रिया मात्रै दिएका छन्। भिडियोमा ११ मिलियन लाइक छ तर डिस्लाइक भने शून्य रहेकाे छ। च्यानललाई २.६७ मिलियनले सब्सक्राइबर गरेका छन्। त्यस भिडियोलाई गुगलले युट्युब प्लेटफर्मको पहिलो भिडियो भनेर भनेको छ।

प्रकाशित मिति: : 2022-01-26 14:06:00

प्रतिकृया दिनुहोस्