शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ। शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो। 

आन्तरिक  प्रतियोगितात्मक  परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्यांकनका आधारमा  ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ। 

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस  गर्न सक्नेछन्।

आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ।

प्रकाशित मिति: : 2022-01-26 08:47:00

प्रतिकृया दिनुहोस्