बाजुरा सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली

फाइल तस्वीर
फाइल तस्वीर

बाजुरा सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ। नागरिक समाजले गरेको आन्दोलन र कार्यालयमा तालबन्दीपछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।

दैनिक ६ देखि १० घण्टा लोडसेडिङ खेप्दै आएका सदरमुकामबासी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि खुसी भएका छन्। मार्तडी बजारसहित आसपासका क्षेत्र समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराका प्रमुख ललितकुमार मण्डलले बताए। ७ माघदेखि जडान सुरु गरिएको लाइन १० माघ साँझबाट नियमित विद्युत दिन थालेको मण्डलले बताए। २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो। दुई सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो लोडसेडिङ गर्दै आएको थियो। मण्डलका अनुसार मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक ११ हजार भोल्टेजको लाइन जडान गरिएको छ। बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा दिने र सबस्टेशन निर्माणपछि ३३ केभीको लाइन दिन सकिने वितरण उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-01-25 16:37:00

प्रतिकृया दिनुहोस्