वन परिसरमा घण्टी बजाएर सामुदायिक वन महासंघकाे विरोध प्रदर्शन [तस्विरहरू]

शनि शाक्य

काठमाडाैं

बबरमहलस्थित वन परिसरमा मङगलबार सामुदायिक वन उपभोक्ताा महासंघ नेपालले घण्टी बजाएर विरोध प्रदर्शन गरेको छ। 

‘सामुदायिक वनको स्वयत्ता कायम गरियोस्’ लेखेको ब्यानरसहित ‘सामुदायिक वन अधिकार विरोधी कानुन खारेज गर’ ‘विदेशबाट आयातित काठ बन्द गर, स्वदेशी काठको प्रयोेगलाई सहज गर’ र ‘भ्रष्ट जिल्ला वन पैदावर आपूर्ति समिती खारेज गर’ जस्ता प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेको हो। 

सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शन गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय अध्यक्ष भारती पाठकले बताइन्। 

सरकारले बनाएको नियम मानव विपरित भएको बताउँदै उनले भनिन्, ‘सामुदायिक वनले पाइरहेको अधिकारलाई हनन गर्न खोजिरहेको छ, त्यसलाई खारेज गरियोस्।’

नेपालमा प्राकृतिक स्रोत भएता पनि त्यसको प्रयोग मानवले गर्न नपाएको उनको भनाई छ। ‘हामी आफैँले सरंक्षण् गरेर हुर्काउको वनलाई प्रयोग गर्न पाएका छैनौँ, जसकारण मान्छे मर्दा पनि बाहिरी देशबाट दाउरा ल्याउनु परेको छ।’

सरकारले आफूहरुको कुरा नसुने कोरोना महामारी साम्यपछि देशभर सडक आन्दोलन गर्ने उनको चेतावनी छ।  

 

 


 


 

प्रकाशित मिति: : 2022-01-25 12:53:00

प्रतिकृया दिनुहोस्