महामारीमा सरकारले थपेका ६ सास्ती

हिमाल खबर

सागर बुढाथोकी

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीलाई कोभिड-१९ को सङ्क्रमण भएकाले १६ माघसम्म खोप अभियान स्थगन गरेको घोषणा गर्‍यो। जसका कारण खोप लगाउन पुगेका सर्वसाधारणले सास्ती भोग्नु मात्रै परेन, यसले व्यवस्थापकीय कमजोरी समेत झल्काएको छ।

टेकु अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, त्यहाँ आउने बिरामीको चाप धान्न पर्याप्त जनशक्ति छैन। महामारीअघि र महामारीको समयमा पनि स्वास्थ्य मन्त्रालयसँग जनशक्ति माग गरिएको थियो। तर, करारमा केही जनशक्ति थपिए पनि पर्याप्त थिएन। “यत्रो महामारी विरुद्ध लड्ने अस्पताललाई जनशक्ति थोरै दिएकाले नै अहिले सेवासँगै खोप अभियान समेत प्रभावित भएको छ,” ती चिकित्सकले भने, “यो सरकारको व्यवस्थापकीय कमजोरीको नमूना हो।”

४ माघमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोप तथ्याङ्कमा नरहेको जानकारी दिए। खोप कार्ड विना पहिलो डोज भन्दै तेस्रो डोज लगाएकाले गर्दा केही लाख खोपको लेखाजोखा नमिलेको डा. पोखरेलको भनाइ थियो।

विज्ञहरू भने ठूलो मात्रामा खोप तथ्याङ्कमा नभेटिनु अनियमितता हुन सक्ने बताउँछन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा खोप हराइरहेको वेला केही कर्पोरेट कार्यालयमा खोप बिक्री भइरहेको समाचार बाहिरिएको थियो।

प्रकाशित मिति: : 2022-01-25 07:21:00

प्रतिकृया दिनुहोस्