स्पेनिस ला लिगामा बार्सिलोनाले अल्भेसमाथि सङ्घर्षपूर्ण जित दर्ता गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले अल्भेसलाई उसैको मैदानमा १–० गोलले हराएको हो।
बार्सिलोनालाई जिताउन फ्रेन्की डी योङले निर्णायक गोल गरे। उनले निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बनेको हो।
जितसँगै पाँचौँ स्थानको बार्सिलोनाले २१ खेलमा ३५ अङ्क जोडेको छ। बार्सिलोना शीर्ष स्थानको रियलभन्दा १५ अङ्कले पछि परेको छ। पराजित अल्भेस भने १७ अङ्कका साथ रेलिगेसन जोनमा छ।