नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस भोलि आइपुग्ने

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आइपुग्ने भएको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी सोमबार नेपाल आइपुग्ने न्युज कारखानालाई बताए।

टोली बिहान  अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ। खेल सुरु हुने समय भने बताइएको छैन।

यस्तै दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन। पछिल्लो समय कोभिड-१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएको छ।

यस्तै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। एन्फा सरकारको निर्देशनमा खोप लगाएका दर्शकलाई मात्र मैदान छिराउने तयारीमा छ। हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा आफ्नो प्रारम्भिक प्रशिक्षण गरिरहेको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। जसमा नौ खेलाडीले पहिलोपटक अवसर पाएका छन्। 

प्रकाशित मिति: : 2022-01-23 15:35:00

प्रतिकृया दिनुहोस्