चाँगुनारायण जङ्गलमा चरा गणना सुरू

धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा–६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन्।

गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन्। थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ। चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताएका छन्।

विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ।

संस्थाले विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु-याउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताएकी छन्।

पुस्तक लिँदै विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा अझै पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यस संस्थाले दिएका पुस्तकबाट पुस्तकालय स्थापना गर्न सहयोग पुगेको बताएका छन्।

प्रकाशित मिति: : 2022-01-21 06:51:00

प्रतिकृया दिनुहोस्