क्रिटिकल केयरमा सरकारी बदमासी: उपकरण खरीदमा अगाडि, जनशक्ति पदपूर्तिमा उदासीन

हिमाल खबर

काठमाडौँ

कोभिड-१९ महामारीकै क्रममा क्रिटिकल केयरका जनशक्तिको अभावमा धेरै बिरामीको ज्यान गएको यथार्थ सामुन्ने हुँदाहुँदै पनि सरकारको ध्यान भने उपकरण थुपार्नेमै छ। नागरिकप्रति उत्तरदायी सरकारले क्रिटिकल केयर सेवालाई सहज बनाउन स्थानीय सरकारलाई समेत सहभागी गराउँदै जनशक्ति व्यवस्थापनमा जोड दिनै पर्छ।

देशभरका अस्पतालमा क्रिटिकल केयरका जनशक्ति नहुँदा कोरोनाभाइरसको महामारीमा बाँच्न सक्ने बिरामीले पनि ज्यान गुमाउनुपर्‍यो। कमिशनका लागि उपकरण किन्ने तर जनशक्ति व्यवस्थापनमा ध्यान नदिने सरकारी प्रवृत्तिका कारण धेरै नागरिक मृत्यु भएको क्रिटिकल केयरका चिकित्सकहरू बताउँछन्।

दुईवर्षे कोभिड-१९ महामारीमा मृत्यु भएकामध्ये आधाभन्दा बढी बिरामीको ज्यान उपयुक्त क्रिटिकल केयर नपाएर गएको ती चिकित्सकहरूको दाबी छ। उनीहरूको दाबी पुष्टि गर्ने अनेक घटना पनि छन्। जस्तो-

कोरोना सङ्क्रमणबाट सिकिस्त बझाङको जयपृथ्वी नगरपालिकाका एक पुरुषलाई १० वैशाख २०७८ मा जिल्ला अस्पतालमा भर्ना गरियो। तर, त्यहाँ आईसीयू र भेन्टिलेटर सुविधा भए पनि त्यसलाई चलाउने जनशक्ति थिएन। तीन दिन त्यहाँ राखेर बाँकेको कोहलपुर लैजाँदै गर्दा बाटोमै ती ४८ वर्षीय बिरामीको मृत्यु भयो।
 

प्रकाशित मिति: : 2022-01-20 14:48:00

प्रतिकृया दिनुहोस्