अमेरिकी राजनीतिमा पहिलो डेलिगेट बनेर नेपाली मूलको मानक बनेका ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेर क्याम्पेन सुरू गरेका छन्। उनको यो घोषणा मेरिल्याण्ड राज्य डिस्ट्रिक्ट ८ को प्रतिनिधित्व गर्ने डेलिगेटका लागि हो।
भण्डारी अहिले यही डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स अर्थात् राज्य सांसद रहेका छन्। सन् २०१९ को मध्यावधि निर्वाचनमा पहिलोपटक विजयी भएर उनले अमेरिकी राजनीतिमा नेपाली मूलबाट यो मानक उपलव्धी हासिल गरेका थिए।
त्यही उपलव्धीलाई निरन्तरता दिदै थप उपलव्धी हासिल गर्न उनी यही वर्षको नोभेम्बर ८ मा हुने आमनिर्वाचनमा होमिएका हुन्। त्यसअघि उनले प्राइमरी भनिने आफ्नै डेमोक्रेटिक पार्टीको अन्तरपार्टी चुनावमा उम्मेद्वारी जित्नुपर्छ। त्यसमा विजयी भएपछि मात्र उनका लागि रिपब्लिकन पार्टीको उम्मेद्वारसँग आम्नेसाम्ने हुने चुनावी ढोका खुल्ने हो।
अहिले उनी जनवरी १२ बाट सुरू भएको पहिलो कार्यकालको अन्तिम संसद सेसनमा सहभागी भइरहेका छन्। आफ्नो कार्यकालमा १० वटा विधेयकलाई कानून बनाउन सफल भण्डारी यो सेसनमा दशौं विधेयक लैजाँदैछन्। यसअघिको संसद शत्रमा छलफलमा आएको यो विधेयकलाई यसपटक ऐन बनाएरै छाड्ने प्रतिवद्धताका साथ उनी संसद शत्र छिरेका छन्। यस बीचमा उनले दशै विधेयकका पक्षमा माहौल बनाउन पर्याप्त गृहकार्य र वहस पैरवी पनि गरेका छन्।
भण्डारी सुरूदेखि नै अमेरिका आएर सारा प्रक्रिया पूरा गरेर अमेरिकी नागरिक भएका नेपालीले सगौरव अमेरिकी–नेपाली हुँ भन्न सक्नुपर्छ र यहीको राजनीति गर्नुपर्छ भन्ने सोचको नेतृत्व गर्दै आएका छन्। त्यही सोच साकार हुँदा उनले पहिलो नेपाली-अमेरिकी डेलिगेटका रूपमा अमेरिकामा नेपाली मूलका लागि इतिहास बनाएका हुन्।
उनी अमेरिकामा डेलिगेट अर्थात् राज्य सांसद हुने पहिलो नेपाली हुन्। उनको यो इतिहास सुनौलो अक्षरले कुँदिएको छ। इतिहासको त्यो सुनौलो पाना कोर्ने ह्यारीप्रति हरेक अमेरिकी नेपालीले गर्व गर्न सक्नुपर्छ। किनकि, यो उपलब्धि हासिल गर्न सन् १९१९ मा पहिलो पाइला टेकेको नेपाली मूलले ठ्याक्कै एक शताव्दी पर्खनु परेको थियो। ह्यारी सन् २००५ को अन्ततिर अमेरिका आइपुगेका हुन्। उनको थातथलो पश्चिम नेपालको पर्वत जिल्ला हो।
उनको यो उपलब्धि मेगा मिलियनजस्तो कुनै चिट्ठा हैन, दुई डलरमा खरिद् गर्यो र पर्याे भने रातारात मिलिनियर बन्ने। यसका लागि उनले चुनौतिको पहाडलाई अवसरको मैदान बनाउन कुनै कसर बाँकी राखेका छैनन्। आर्थिक उपलब्धिलाई सर्वश्व मान्ने सोचको विपक्षमा उभिएर ढुंग्याने बाटो हिँड्दा त्यो कोणबाट उनका पाइतालाहरू घोचिएका छन्। तर, उनले ती घोचिएका पैतालाहरूमै अभ्यस्त भएर अमेरिकी राजनीतिको असहज यात्रा जारी राखे। त्यसैको प्रतिफल हो, यो इतिहासको निर्माण।
राजमागर्मा त जो पनि यात्रा गर्छ तर शीत परेका गोरेटाहरूमा यात्राका डोब कोर्ने जो कोहीको रहर हुँदैन। ह्यारी अमेरिकी मूलधारको राजनीतिमा त्यही गोरेटोको यात्री हुन्। उनले पछ्याएको गोरेटोबाट भोलि थुप्रै ह्यारीहरू राजनीतिको राजमार्गमा आउँन सक्छन्, आइरहेका छन्।
भनाइ नै छ, अमेरिका अथाह सम्भावनाको देश हो। ह्यारीले त्यही मर्मलाई आत्मसात गर्दै अमेरिकी नेपालीका लागि सम्भावनाको ढोका खोलेका हुन्।
हरेक सिक्काका दुई पाटा हुन्छन्। ह्यारीको राजनीतिक यात्राका पनि दुई पाटा छन्। एक पाटोमा यो सकसपूर्ण छ। तर, अर्को पाटोमा यो त्यतिकै प्रतिष्ठापूर्ण पनि छ। उनको सकस नदेखेर प्रतिष्ठा मात्र देखिदा उनी यदाकदा समकालीन ईष्र्याको शिकार पनि हुने गरेका छन्। उनको उपलब्धिको लामो रेखालाई छोटो पार्न अर्को एउटा छोटो रेखालाई जबर्जस्ती लम्ब्याउने खेल पनि यदाकदा भएको पाइन्छ।
अमेरिकामा रहेका केही नेपाली सञ्चारकर्मी मेरिल्याण्ड राज्यको डेलिगेट र एउटा केही सय मानिस बस्ने नगरको उपमेयर अनि एउटा सिटी काउन्सिलरलाई एउटै कोटीमा राखेर उनीहरूको उपलब्धिलाई तुलना गर्ने गर्छन्। यसो गर्दा कसैलाई …को न्यानो मिल्ला, कसैलाई जन्मदेश नेपाल र नेपाली डायस्पोरामा केही समय भ्रमको खेती गर्न पनि काम लाग्ला। तर, यो हत्केलाले सूर्य छेक्ने प्रयास मात्र हो। एन्टी थेसिसमा यसलाई एक दुष्प्रयास नै भन्नुपर्छ।
नेपालीमा एउटा भनाइ छ, गर्मीको बेला हिउँ पग्लेर हिमाल नांगो देखिन सक्छ अनि हिउँदको बेला हिउँ पर्दा थुम्को पनि हिमालजस्तो देखिन सक्छ। तर, त्यो हिउँ नहुँदैमा न हिमाल थुम्को हुन्छ, न हिउँ हुँदैमा थुम्को हिमाल हुन्छ। जो मानक अर्थमा जहाँ हुन्छ, त्यो त्यहीँ हुन्छ र त्यसको परिभाषा पनि एन्टी थेसिसमा हैन, थेसिसमै हुन्छ।
राजनीतिमा डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य अनि डेलिगेट, शिक्षामा विद्यावारिधि - यी दुबै उपलव्धी सफलताका मानक हुन्। ह्यारीका यी मानक उपलब्धिबाट अमेरिकामा रहेका अधिकाशं नेपालीको छाति गर्वले फुलिरहेको छ। तर, अपवादका रूपमा केही नेपाली भने किन चाउरिस् मरिच आफ्नै पिरले भनेजस्तो स्थितिमा चाउरिरहेका छन्। खासगरी उनको गृहनगर बाल्टिमोर आसपासमा रहेका केही तथाकथित नेपाली समाजसेवी, अभियन्ताहरू समकालीन ईर्श्याले जलिरहेका पाइन्छन्।
अमेरिकामा अपवाद बाहेक राजनीति पेशा हुँदैन। ह्यारीको पनि हैन। उनी पेशाले एक पूर्णकालिन अमेरिकी इतिहासका शिक्षक हुन्।
यही बीचमा उनी डा. ह्यारी भण्डारी भएका छन्। केही समयअघि उनले युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधि गरेका छन्। अमेरिकामा धेरै नेपालीले विद्यावारिधि गरेका छन्। तर, उनले शोध गरेको विषय साँच्चै नै विशेष छ– ‘अमेरिकामा राजनीतिमा नेपाली सहभागिता र भाषिक एकीकरण’। उनको यो अध्यययनले अमेरिकामा रहेको नेपाली डायस्पोराका कयौं मिथहरूको गुथी सच्चाइदिएको छ। कयौं मिथहरू अनुसन्धानको कशीमा रगडिदा एन्टी थेसिस परिणामहरू सार्वजनिक भएका छन्। जो वास्तवमै अमेरिकाको नेपाली डायस्पोरालाई आफ्नो हक अधिकारका लागि लड्न सबल हतियार हुन सक्छन्।
उनको विद्यावारिधिले सुनमाथि सुगन्धको काम गरेको छ। अरू नहिडेको राजनीतिक बाटो हिडेर इतिहास बनाएका उनले नेपाली विषयमाथि शोध गरेर विद्यावारिधिको मानक बनाएका छन्। यसले उनलाई अमेरिकाको नेपाली डायस्पोराको रोलमोडल बनाएको छ। आफ्ना सन्ततिलाई कस्तो बन्ने वा बनाउनेभन्दा अब यहाँका नेपालीलाई उत्तर मिलेको छ, ह्यारी जस्तो बन्नु, ह्यारीजस्तो बनाउनु।’
प्रज्ञामा विश्वास गर्ने एक भुइँमान्छे हुनुको नाता यो अक्षरकर्मी डा. ह्यारीको यो शोध र त्यसको उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दछ। उनको विद्यावारिधिको यो शोधपत्रले अमेरिकामा रहेको नेपाली डायस्पोरालाई कयौ कोणबाट मान्यता मिलेको छ। त्यसैले पनि ह्यारीको विद्यावारिधि सामान्यीकरणको विषय बनिनु हुँदैन। यसका लागि यहाँको नेपाली डायस्पोरा अनुग्रहित हुनुपर्छ।
राजनीतिमा डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्य अनि डेलिगेट, शिक्षामा विद्यावारिधि, यी दुबै आआफ्नो क्षेत्रका मानक उपलव्धी हुन्। ह्यारीको यो मानक उपलब्धिबाट अमेरिकामा रहेका अधिकाशं नेपालीको छाति गर्वले फुलाइरहेका छन्। तर, अपवाद नै सही, केही नेपाली भने किन चाउरिस् मरिच आफ्नै पिरले भनेजस्तो स्थितिमा समकालिन इर्श्याले चाउरिरहेका छन्। खासगरी उनको गृहनगर बाल्टिमोर आसपासमा रहेका केही तथाकथित नेपाली संघ-संस्थावाला र मन्दिर अभियन्ताहरू डाहले छटपटाइरहेका छन्। ह्यारीको बढ्दो राजनीतिक प्रभावले आफ्नो कमाउ धन्दा अप्ठ्यारोमा पर्ने हो कि भन्ने डरले पनि उनीहरूलाई यस्तो ऐठन लगाएको हुन सक्छ।
भनाइ नै छ, बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै। त्यसमा अब अर्को एउटा श्रृंखला थप्नुपर्ने भएको छ– अमेरिका आए आचरणसँगै। यो जहाँ रहे पनि आमनेपालीको खानदानी चरित्र हो। तर, यो यथार्थमा नचाहिने कुरा हो। झट्ट हेर्दा यो उपलव्धी ह्यारीको व्यक्तिगत जस्तो देखिएर पनि यथार्थमा त्यस्तो हैन, यो नेपालीको सामुहिक उपलव्धी हो। त्यसैले कोही पनि अमेरिकी नेपाली जल्न आवश्यक छैन। यदि कसैले त्यो आवश्यक नभएको कुरा गर्न चाह्यो भने ह्यारी हैन, आफै जल्ने हो। किनकि, उनले आफूलाई प्रमाणित गरिसके, अरूले त्यसो गर्न हजारौ माइलको यात्रा शून्यबाट सुरू गर्नुपर्छ।
अमेरिकामा रहेका केही नेपाली सञ्चारकर्मी मेरिल्याण्ड राज्यको डेलिगेट र एउटा केही सय मानिस बस्ने नगरको उपमेयर अनि एउटा सिटी काउन्सिलरलाई एउटै कोटीमा राखेर उनीहरूको उपलब्धिलाई तुलना गर्ने गर्छन्। यसो गर्दा कसैलाई …को न्यानो मिल्ला, कसैलाई जन्मदेश नेपाल र नेपाली डायस्पोरामा केही समय भ्रमको खेती गर्न पनि काम लाग्ला। तर, यो हत्केलाले सूर्य छेक्ने प्रयास मात्र हो। एन्टी थेसिसमा यसलाई एक दुष्प्रयास नै भन्नुपर्छ।
अमेरिकी राजनीतिमा पहिलो डेलिगेट बनेर नेपाली मूलको मानक बनेका ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका छन्। उनको यो घोषणा सुनौलो इतिहासको अर्कों पाना हो।
अमेरिकाको नेपाली डायस्पोरा एउटा ह्यारीमा रोकिने हैन, सयौ ह्यारी जन्माउने अभियानमा लाग्नुपर्छ। किनकि, यहाँ एक हैन, अनेक ह्यारीको आवश्यक छ। तर, त्यसका लागि ह्यारीको उपलव्धीबाट जल्ने हैन, उनको उपलव्धीलाई दोहोर्याउनु पर्छ।
त्यसका लागि एउटै मन्त्र हुनुपर्छ, ‘ह्यारी जस्तै म पनि गर्न सक्छु।’ यो पोजेटिव कनोटेसन हो। तर, कसैलाई लाग्ला ह्यारीले गर्न सक्यो भने मैले किन नसक्ने ? सक्ने तर यो तरिका ठीक हैन। किनकि यो नेगेटिव कनोटेसन हो। यस्तो कनोटेसनले गलत संकथन निर्माण गर्छ। यो बेला गलत संकथन बनाउने हैन, सही संकथन निर्माणका लागि योगदान दिने हो।
कसैलाई लाग्न सक्छ– यो त ह्यारीको प्रशंशा भयो। त्यो लाग्नेहरूको जलन मात्र हो। यथार्थमा उनी योभन्दा बढी डिजर्भ गर्छन्। किनकि यो साइटेसनको खेतीपाती हैन। यो जनताको मतद्वारा निर्वाचित भएर मेरिल्याण्डजस्तो राज्यको एक डेलिगेटका रूपमा बनेको सुनौलो इतिहासको सम्मान हो।
अमेरिकाको इस्ट कोष्टको बाल्टिमोरमा ह्यारीले दोस्रो कार्यकालका लागि स्टेट डेलिगेटमा चुनावी अभियान सञ्चालन गरिरहेको बेला उनकै राज्यको उत्तरतिर जोडिएको पेन्सेल्भेनिया राज्यमा बसोबास गरिरहेको यो अक्षरकर्मी गौरवको अनुभूति गर्छ। कारण नेपाली हुनुको भावनात्मक प्रोक्सिमिटी त हो नै, छिमेकी हुनुको भौगोलिक प्रोक्सिमिटी पनि छ। त्यसैले प्रशंशामा विरलै खर्चने अक्षर खर्च गरेर यो अक्षरकर्मी डा. ह्यारी भण्डारीलाई इन्डोर्समेन्ट गरिरहेको छ। असल अभियानका लागि एक अक्षरकर्मीले गर्न सक्ने सबैभन्दा ठूलो काम अक्षरको सलामी दिइरहेको छ। ह्यारीजी, स्वीकार गर्नुहोस् मेरो अक्षरको सलामी। तपाईंलाई विजयका लागि अग्रिम शुभकामना !
शव्द संयोजनको लागि सलुट छ प्रदीप सर, सकरात्क सोच र गर्न चाहने र त्यसको लागि गर्ने क्षमता भएकाहरूकालागि तपाईको सुझाव र हौसलाले थप उर्जा थप्ने कुरामा निर्विवाद छ 👏😊