मोदीलाई गणतन्त्र दिवसमा आतंकवादीबाट सुरक्षा खतरा

राज राेकाया

नयाँ दिल्ली
Photo - PTI
Photo - PTI

भारतीय गणतन्त्र दिवस नजिकिँदै गर्दा दिल्लीको सुरक्षा व्यवस्थामा कडाइँ थालिएको छ। केन्द्रीय राजधानी भित्रिने सडक, चोक, गल्लीमा विशेष सुरक्षा फौजका जवानहरू तैनाथ छन्। तर भर्खरै गाजीपुर फूलमण्डीमा फेला परेको एउटा ‘पत्र’ले प्रहरीको निन्द्रा भंग गरेको छ।

गाजीपुरमा भेटिएको पर्चीको जिम्मा पाकिस्तानको आतंकवादी संगठन लश्कर ए-तैयबाले लिएको छ। लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा गल्तीबारे छानबिन गरिरहेका पूर्वन्यायाधीश इन्दु मल्होत्रालाई धम्की आएको छ।

गुप्तचर एजेन्सीको पछिल्लो जानकारीअनुसार गणतन्त्र दिवसमा सम्भावित आतंकवादी षड्यन्त्रको बारेमा गोप्य सूचना आइपुगेको छ। जसले प्रधानमन्त्री मोदी र अन्य अतिथिहरूलाई खतरा गर्न सक्छ। नौ पृष्ठको पत्र, जसको प्रतिलिपि भारतीय सञ्चार संस्थाले समेत प्राप्त गरिसकेका छन्।

भारतको ७५ औं गणतन्त्र दिवसको खुल्ला समारोहलाई आतंकवादीहरूबाट हुनसक्ने खतराको संज्ञा दिइएको छ। दिवसमा मध्य एसियाका पाँच देश कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेताहरूलाई आमन्त्रित गरिएको छ।

प्राप्त नोटमा पाकिस्तान–अफगानिस्तानक्षेत्र बाहिरका समूहहरूबाट धम्की आएको उल्लेख छ। यस्ता समूहको उद्देश्य उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी सार्वजनिक जमघट, महत्वपूर्ण प्रतिष्ठान र भीडभाड हुने ठाउँहरूमा तोडफोड, अवरोध गर्ने छ।

स्रोतकाअनुसार समारोहमाथि ड्रोन आक्रमणको प्रयास पनि गर्न सकिने छ। लश्कर ए तैयबा, द रेजिस्टेन्स फोर्स, जैश ए मोहम्मद, हरकत उल मुजाहिदीन, और हिज्ब उल मुजाहिदीन जस्ता आतंकवादी समूहहरूको निकै नै खतरा छ।

पाकिस्तानको खालिस्तानी समूहहरूले पञ्जाबमा आतंकवादलाई पुनः संगठित गर्न र पुनरुत्थान गर्न कार्यकर्ताहरूलाई परिचालन गरिरहेको भारतीय स्रोतहरूको दाबी छ। उनीहरूले पञ्जालगायतका राज्य लक्षित आक्रमणको योजना बनाइरहेका छन्।

प्रकाशित मिति: : 2022-01-18 12:55:00

प्रतिकृया दिनुहोस्