शाहरुख खानको ‘पठान’मा आफैं स्टन्ट दिँदै दीपिका

File Photo
File Photo

बलिउड अभिनेत्री दीपिका पादुकोण स्टन्ट दिन रुचाउने कलाकारमा पर्छिन्। उनी आफ्नो स्टन्ट आफैं गर्न रुचाउँछिन्। एथलेट परिवारको पृष्ठभूमिबाट आएकी कारण पनि उनी स्टन्ट दिन डराउँदिनन्।

दीपिकाले करियरको सुरुवातमा दुई फिल्म ‘ओम शान्ति ओम’ र ‘चाँदनी चोक टु चाइना’ मा दोहोरो भूमिका निभाइन्। अक्षय कुमारको अभिनय रहेको फिल्म ‘चाँदनी चोक टु चाइना’मा उनले केही स्टन्ट दृश्य दिएकी थिइन्।

यिनै दीपिका सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा आफैं स्टन्ट दिँदैछिन्। शाहरुख खान र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्ममा शाहरुख केही रिस्की एक्सन देखाउँदैछन्।

दीपिकाले रजनीकान्तको फिल्म ‘कोचाडैयान’मा दश मिनेटको स्टन्ट दिएकी थिइन्। यो फिल्ममा उनको स्टन्टलाई पिटर हेनले कोरियोग्राफ गरेका थिए। दीपिका पछिल्लोपटक कवीर खानको फिल्म ‘८३’मा क्रिकेटर कपिल देवको श्रीमतीको भूमिकामा देखिएकी थिइन्। यो फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका थिए।
 

प्रकाशित मिति: : 2022-01-17 16:17:00

प्रतिकृया दिनुहोस्