प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम 

File Photo
File Photo

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित भएको छ।

प्रदेशसभामा सोमबार भएको मतदानमा जनकपुरधामका पक्षमा दुई तिहाइ मत खसेको थियाे। दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकाे हाे।

जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो।

प्रदेशसभामा उपस्थित भएका ९९ जना सांसदहरूमध्ये ७८ सांसदले जनकपुरधामको पक्षमा मतदान गरेका थिए। विपक्षमा २६ मत परेको थियो।

कुल १०४ जना सांसद रहेकाे प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ।

यसैबीच जारी प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने तयारी गरेको छ। यसका लागि मतदान प्रक्रिया सुरु हुँदैछ। 

प्रकाशित मिति: : 2022-01-17 15:41:00

प्रतिकृया दिनुहोस्