रानी लक्ष्मीबाई अर्थात् झाँसीकी रानी। सायदै होलान् यो नाम नसुन्ने त। जसले १८५७ को विद्रोहमा महत्वपूर्ण भूमिका निभाएकी थिइन्। जुन स्वतन्त्रताको पहिलो युद्धको थियो। १८८५ मा रानी लक्ष्मीबाई शाही सेनाहरुविरुद्ध साहसपूर्वक लडेकी थिइन्। जुन लडाइँमा उनी घाइते पनि भइन्।
जो विश्व जगतमा झाँसीकी रानी भनेर चिनिने उनको वास्तविक नाम मणिकर्णिका तम्बे हो। उनी वनारसको एक सामान्य मराठा ब्राह्मण परिवारमा जन्मिइन्।
जब उनी मात्र चार वर्षकी थिइन्, तब उनी आमाको मायाबाट बञ्चित भइन्। आमाले संसार त्यागिन्। तर उनलाई आमाको कमी कहिल्यै महसुस भएन।
उनलाई आमा र बाबु दुबैको माया दिएर हुर्काएका थिए, उनका पिता मोरोपंत तम्बेले। मोरोपंत पेशामा एक दरबारमा सल्लाहकार थिए।
मणिकर्णिकाले बुबासँगै घोडा चलाउन, तरवार चलाउन तथा आत्मारक्षाको शिक्षण सिकेकी थिइन्। जसबाट उनी झाँसीकी रानी कहलिन सफल भइन्।
मणिकर्णिकाको विवाह १८४२ मा १४ वर्षको उमेरमा झाँसीका राजा गंगाधर राव नेवलकरसंग भयो। जसकारण उनी रानी लक्ष्मीबाई भइन्। उनी
दरबारका सबैको प्रिय पात्र मध्येकी एक हुन्।
झाँसीका राजाको मृत्युपश्चात रानी लक्ष्मीबाईले पदभार सम्हाल्न थालिन्। १८ वर्षको उमेरमा उनले सम्पूर्ण पदभार सम्हालेकी थिइन्।
उनले सन्तानकाे रूपमा छाेरालाई जन्म दिइन्। तर दुई/तीन महिनापछि छाेराकाे मृत्यु भयाे। आफूले जन्म दिएको सन्तानको मृत्युपश्चात उनले धर्मपुत्र राखिन्, जो दामोदर राव बने। तर उनलाई ‘ईस्ट इण्डिया कम्पनी’ ले कानूनी उत्तराधिकारीको रूपमा स्वीकार गरेन।
धर्मपुत्रलाई उत्तराधिकारी बनाउनका लागि इस्ट इण्डिया कम्पनीविरुद्ध उनी विद्रोह गर्न थालिन्। जसकाे कारण उनले लन्डनको एक अदालतमा मुद्दा अपिल गरिन्। जुन खारेज पनि भयो।
१० मे १८८५ मा सुरु भएको विद्रोहको एक प्रमुख व्यक्तित्वमध्ये उनी एक हुन्। उनी बहादुरी र साहससंगै ब्रिटिश राजविरुद्ध स्वतन्त्रता संग्रामको लागि एक प्रतिमा बनिन्।
जब झाँसीमा इस्ट इण्डिया कम्पनीले कब्जा गरेको कुरा रानीले थाहा पाइन् तब छोरा दामोदरलाई बोकेर युद्द गर्न थालिन्। सन्तान बोक्ने उनको दुई हातमा तरवार थियो। त्यसबेला उनको सारथी बनेका थिए, झाँसीका महिला।
युद्दमा पुरुषहरुसँग साहसपूर्वक लडेकी उनले वीरगति पाइन्। जसलाई अहिले विश्व जगतले चिन्दछ।