चिनियाँ दुर्लभ पृथ्वी खनिजहरू प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

File photo
File photo

रक्षा ठेकेदारहरूलाई  सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ(पृथ्वी विधेयक’ पेश गरिएको छ।

अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयासको पृष्ठभूमिमा यो अमेरिकाको अर्को राजनीतिक चाल हो यद्यपि यसले चीनको दुर्लभ(पृथ्वी क्षेत्रको विकासमा बाधा नपर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।बेइजिङस्थित एन्बाउन्ड कन्सल्टिङका वरिष्ठ विश्लेषक लिउ एन्कियाओले ग्लोबल टाइम्सलाई भने, आफ्नै दुर्लभ(पृथ्वी आपूर्ति शृङ्खला स्थापना गर्ने लक्ष्यका साथ वाशिंगटनको चालहरूको शृङ्खलालाई हेर्दा यो आश्चर्यजनक कदम होइन।

यस कदमको पछाडिको व्यापक सन्दर्भ अमेरिका(चीन बिग्रँदै गएको सम्बन्ध हो।यसबाहेक हतियार सहित उच्च प्रविधि उत्पादनहरूको लागि महत्त्वपूर्ण कच्चा पदार्थका निम्ति अमेरिका चीनको दुर्लभ पृथ्वी खनिजको आपूर्तिमा धेरै निर्भर गर्दछ।  चीनसँग ४४ मिलियन टन दुर्लभ पृथ्वी खनिजको भण्डार छ जुन विश्वव्यापी भण्डारको ३६।७ प्रतिशत हो। ग्लोबल टाइम्सका अनुसार सन् २०२० मा चीनले  १४०,००० टन दुर्लभ पृथ्वी खनिज उत्पादन गरेको जनाइएको छ र यो मात्रा विश्वव्यापी उत्पादनको लगभग ६० प्रतिशत हो।

प्रकाशित मिति: : 2022-01-16 13:32:00

प्रतिकृया दिनुहोस्