नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ पैयाँ ३५ पैसा र बिक्री दर ११८ रुपैयाँ ९५ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३५रुपैयाँ ६१ पैसा र बिक्री दर १३६ रुपैयाँ ३० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०६ पैसा र बिक्री दर ८६ रुपैयाँ ४९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५४ पैसा र बिक्री दर ३१ रुपैयाँ ७० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५० पैसा र बिक्री दर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम भएको छ।