अझै सिकेनौं पाठ

२ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदा २०७२ सालको भूकम्पले हामीलाई अझ राम्रोसँग तयार रहन सिकाएको कुरा स्मरण गरौं।

हिमाल खबर

काठमाडौँ

नेपालमा भूकम्प आउने पक्कापक्की नै छ। कहिले त? विगतमा २ माघ १९९० दिउँसो २ः२८ बजे र १२ वैशाख २०७२ बिहान ११ः५६ बजे। र, भविष्यमा अर्को यस्तै अविष्मरणीय तथा दु:खद दिन आउने पक्का नै छ, त्यो जुनसुकै वेला हुनसक्छ।

तर, नेपालीको स्मरणीय क्षमता छोटो छ। जबसम्म परकम्पहरूले हल्लाइरह्यो, त्यतिञ्जेलसम्म सतर्क रह्यौं। २०७२ को भूकम्प गएको सात वर्षमै ती सम्झनाहरू उडिसकेका छन्।

यो तर्साउन लागि भनिएको होइन। यो सत्य हो, हरेक ५०० वर्षमा मुख्य हिमालयका हरेक क्षेत्रमा असर पर्ने गरी ८ म्याग्नेच्युटभन्दा माथिको महाभूकम्प आउने गरेको छ। यस्तै, हरेक १०० वर्षमा मध्यम तीव्रताको भूकम्प आउने गरेको छ।
 

प्रकाशित मिति: : 2022-01-16 10:39:00

प्रतिकृया दिनुहोस्