विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम : भारत

बिएल संवाददाता

नयाँ दिल्ली
file photo
file photo

भारतले सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम हुने बताएको छ। नेपालका लागि भारतीय दूतावासले एक प्रेस नोटमार्फत नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख गरेको छ।

सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुने पनि विज्ञप्तिमा भनिएको छ।

‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न गर्न सकिन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2022-01-15 20:05:00

प्रतिकृया दिनुहोस्