२०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ

File Photo
File Photo

नेपाली बजारमा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ। नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ।

चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2022-01-14 12:17:00

प्रतिकृया दिनुहोस्