मोरङको लेटाङमा युवकद्वारा कुकुरमाथि करणी [भिडियो सहित]

मोरङको लेटाङमा एक युवकले कुकुरलाई करणी गरेको घटना सार्वजनिक भएको छ।

 ३० बर्षीय एक युवकले कुकुरलाई करणी गर्दै गरेको स्थानीयले भेटेका थिए। कुकुर कराएपछि स्थानीयले करणी गरेको थाहा पाएका थिए। उनले गाई भैसी बाख्रालाई पनि करणी गरेको स्थानीयले बताएका छन्। 

उनले कुकुरलाई यौन सम्पर्क गरेको लाजमर्दो अबस्थामा देख्यौ, स्थनीयले भने। उनको हर्कत बारे बुझेका छरछिमेक सबै डराउथे। छोरीचेली उनको छेउ पर्न सबै डराउथे। 

कुकुर किन कराई रहेछ भनेर हेरेको त कुकुरलाई जर्वरजस्ती गरेको रहेछ, राती लाईट लिएर आगनमा आउँदा तिन छक्क परे,प्रत्यक्षदर्शी ति महिलाले भनिन्। यौन सम्पर्कपछि कुकुर मरेको छ। 

यसअघि पनि मोरङमा भैंसी करणी (बलात्कार) गरेको आरोपमा एक जना विरुद्ध मुद्दा दर्ता भएको थियो।

मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कारगरेका थिए।

छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्ङगमा लागेर विहीवार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा  ‘फिराद’ दर्ता गरेकी थिईन्।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको बाँस झ्याङमा लगेर करणी भएको र करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको थियो।

गोठमा बाँधिएको भैंसी हराएपछि भैसीको खोजी गर्ने क्रममा दुबै खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा छिमेकी हस्दाको कपडा उक्त स्थानमा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरेका थिए।

बलात्कार दुनियावादी फौजदारी अर्थात (व्यक्तिवादी) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ। शुक्रबार पशु बलत्कार गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थिी भएर ‘फिराद’ दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ। ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ। सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनि उल्लेख गरिएको छ।

त्यस्तै सोही दफाको उपदफा–२ मा भनिएको छ–उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ।

प्रकाशित मिति: : 2022-01-14 08:21:00

प्रतिकृया दिनुहोस्