हरिवंशको ‘कर्कलो कोक्याउला’ गीत सार्वजनिक

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ। सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन्। 

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन्। 

भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन्।

प्रकाशित मिति: : 2022-01-13 16:55:00

प्रतिकृया दिनुहोस्