‘प्रेमपत्र कसैलाई लेखिनँ, अरुले चाहिँ पठाउँथे’

स्टेज क्विन भनेर चिनिने गायिका मेलिना राई कन्सर्ट र रेकर्डिङमा व्यस्त छिन्। दिनमा ६ वटा गीतसम्म रेकर्ड गराएको अनुभव  संगालेकी मेलिना राईले हिजोसम्मको रेकर्डमा २ हजार ६२ वटा गीत गाएकी छन्।

‘कम्मरमाथि पटुकी पटुकीमाथि घैला’,‘कुटुमा कुटु सुपारी दाना’,‘अर्को जुनी खै कुन्नि’, ‘पिरतीको डोरी, ‘तिम्ले बाटो फेर्यौ अरे’, ‘मभन्दा नि धेरै राम्री थिए होला र लगायत थुप्रै हिट गीत दिइसकेकी मेलिनाको लाखौँ फ्यान छन्। सामाजिक सञ्जालमा पनि सक्रिय रहने मेलिनाको रुपमा पनि खुबै चर्चा हुने गर्छ। यी क्युट’ गायिका स्वरका कारण मात्र नभएर रुपले पनि आफ्नो स्टारडम कायम गरेकी छन्। उनै मेलिना राईसँग उनको जिवनको पहिलो अनुभवहरु हामीले सोधेका छौँ।


गीत रेकर्डिङः ११ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी थिएँ। बुबाको शब्द, रचना तथा संगीत रहेको गीत ‘हिमालको काखमा छ मेरो सुन्दर देश’मा। गीतमा मसहित ३ जनाको स्वर थियो।

विदेशमा कार्यक्रमः गायनको शिलशिलमा युरोप टुर गरेको थिएँ। जसमा चारवटा देशमा आफ्नो प्रस्तुति दिएको थिएँ।

कमाईः गीत रेकर्डिङबाट पहिलो पटक २ हजार रुपैयाँ पाएको थिएँ।

चलचित्रः नोम्भेम्बर रेनकाे ‘तिमीलाई म के भनुँ’ गीत मैले र रजिना रिमालले गाएका थियौँ। त्यो गीत पनि निक्कै हिट भएको थियो।

चर्चित गीतः ‘कम्मरमाथि पटुकी, पकुटीमाथि घैला’ भन्ने मेरो पहिलो चर्चित गीत हो। सो गीत २०७२ सालतिर मोबाइल पसलमा घन्किरहेको थियो, म र बहिनीसँगै थियौँ। आफ्नै आवाजको गीत घन्किरहेको सुन्दा चञ्चलतासंगै खुशी बढेको थियो। बहिनीलाई कोट्याएर सुन न, ‘मेरो गीत बजिरहेको छ तर, मैले गाएको भनेर यहाँ भएका कसैलाई थाहा छैन है भनेको थिएँ। ती पल अहिले पनि ताजै छन्। त्यतिबेला मलाई कसैले चिन्नुहुन्न थियो, न कसैले बोलाउनुहुन्थ्यो। तर, मलाई यहि गीत ‘कम्मरमाथि पटुकी’ बाट मेराे 'करिएर'  सुरूवात भयाे ।

विदेश यात्राः युरोप टुर नै हो।

अवार्डः२०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीता गायन प्रतियोगितामा प्रथम भएको थिएँ। त्याे नै मेरो पहिलो अवार्ड हो।

हवाई जहाज यात्राः भोजपुर जाँदा भएको थियो।

प्रेमपत्रः प्रेमपत्र कसैलाई लेखिनँ, प्रेमपत्र अरुले चाहिँ पठाउँथे। हाँसेर उडाई दिन्थेँ।

डेटिङः डेटिङ तिर ध्यान दिने समय नै मिलेन।

बिछोड: बोजुको निधन।

मोबाइलः नोकियाको सेकेन्डहेण्ड मोवाइल बोकेको थिएँ,आन्टिले दिनुभएको थियो। झर्दा पनि नफुट्ने खालको थियो,टुकटुक गर्ने। सर्पको गेम खेल्ने मोबाइल।

डान्सः स्कुलमा धेरै नाच्थिएँ। नाच्न पनि मैले स्कुलबाट नै सुरु गरेको हो।

गीत रेकर्ड गर्दाको अनुभवः एकदमै नर्भश, एक्साइमेन्ट सबै मिसिएको थियो।

दुर्घटनाः स्कुटीबाट नमज्जाले लडेकाे थिएँ। त्यो क्षण सम्झिँदा अहिले पनि डर लाग्छ।

घाटाः ७/८ बर्षअघि सुरु सुरुमा सांगीतिक फिल्डमा आइनसक्दा एकदमै राम्राराम्रा चान्स आएका थिए। टन्सिल भएर गीत गाउन नपाँउदा मलाई घाटा भएको थियो।

धेरै खर्चः स्कुटी किन्दा।

बदमासीः पहिलो बदमासी त थाहै पाइनँ। बच्चै बेलामा बहिनीसँग खुब बाझिन्थ्यो।

सजाय: बुवाको पिटाई। हाँ हाँ (हाँस्दै)

दुखीः २०११ मा मेरो बोजुको निधन हुँदा एकदमै दुखी भएको थिएँ। बोजुलाई गुमाउँदाको पीडा भनेर साध्यै छैन।

खुसीः २०६५ सालमा रेडियो नेपालबाट अवार्ड पाउँदा निक्कै खुशी भएको थिएँ। आफूले गरेको काम राम्रो हुँदा निकै खुशी लाग्छ।

प्रकाशित मिति: : 2022-01-13 19:00:00

प्रतिकृया दिनुहोस्