नर्भिक हस्पिटल आइपियो निष्कान गर्ने तयारीमा रहेको छ।
हस्पिटले ५० प्रतिशत बोनस सेयर दिने भएको छ। हस्पिटलको हालैको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ।
हस्पिटले बुधबार सम्पन्न गरेको सभामा समितिको वार्षिक प्रतिवेदन पेश गरेको समितिका अध्ययक्ष राजेन्दबहादुर सिंहले जानकारी दिए।
हस्पिटले चालू आर्थिक वर्ष २०७७,७८ मा ८ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो। हस्पिटल सार्वजनिक कम्पनिमा रुपान्तरण भएको पहिलो वार्षिक साधारण सभाले ५० प्रतिशत सेयर दिन पारित गरेको छ।