‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल’ ?

File Photo
File Photo

साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ। गत डिसेम्बर १७ मा रिलिज भएको यो फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले उस्तै मनपराइरहेका छन्।

फिल्मको व्यापार बढ्नुमा समान्थाको यो आइटम नम्बरलाई पनि प्रमुख कारण मानिएको छ। किनकि फिल्म हेर्दा दर्शकले आइटम गीतलाई निकै रुचाएका छन्। दर्शकले यो गीतलाई पटक–पटक सुन्ने र हेर्ने गरिरहेका छन्। फ्यानहरू फिल्मको सिक्वेल ‘पुष्पाः द रुल’मा समान्थाको अर्को एक आइटम गीत चाहेका छन्। तर निर्माताले भने सिक्वेलमा समान्थाको आइटम नराख्ने निर्णयमा पुगेका छन्।

सुकुमार निर्देशित फिल्मले हिन्दी भाषी क्षेत्रमा राम्रो कारोबार गरिरहेको छ। त्यहीकारण सुकुमारले ‘पुष्पाः द रुल’मा कोही हिन्दी फिल्मकी अभिनेत्रीले आइटम नृत्य गरुन् भन्ने चाहेका छन्। यो फिल्म सन् २०२२ को अन्त्यमा रिलिजको तयारी हुँदैछ। जबकि यसको सुटिङ फेब्रुअरीमा सुरु गर्ने निर्माण पक्षले योजना बनाइसकेको छ।

सुकुमार यो समयमा ‘पुष्पा २’का लागि एक टप अभिनेत्रीलाई अनुबन्ध गराउने तयारीमा छन्। जसको खोजीमा उनी जुटिसकेका छन्। स्रोतका अनुसार बलिउडका केही टप अभिनेत्रीले यो फिल्ममा आइटम नृत्य गर्ने सोच बनाएका छन्। तर सुकुमारको नजरमा को अभिनेत्री पर्छिन् भन्ने टुंगो लागिसकेको छैन।

अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना अभिनित ‘पुष्पाः द राइज’ले हिन्दी भर्सनमा ८० करोड बढी रकम कमाइसकेको छ। बलिउडका व्यापार विश्लेषकह फिल्मले चाँडै नै हिन्दी भर्सनमा सय करोडको कारोबार गर्नेमा ढुक्क छन्।

प्रकाशित मिति: : 2022-01-12 11:22:00

प्रतिकृया दिनुहोस्