एक सातामा उत्तरले गर्यो दुई ओटा हाइपरसोनिक परीक्षण

File Photo
File Photo

उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो। सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो। हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ।

नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए। मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए।

प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो।

उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ। 

प्रकाशित मिति: : 2022-01-12 08:22:00

प्रतिकृया दिनुहोस्