सक्किगोनिका 'काकु'भन्छन्, क्लिक बढि हुन्छ भन्दैमा जेपनि लेख्ने ?

आफ्नो फोटो दुरुपयोग गर्दै हद सम्म गिरेर अनर्गल प्रचार गरेको भन्दै कलाकार दीपक आचार्य ‘काकु’ले एक अनलाईन बिरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन्। 

टिकटकमा लाईभ बस्दा पैसा कमाउने ध्याउन्नमा लागेको भिखारी भनेर आफु लगायतको फोटो सहित मनगणन्ते समाचार आएपछि प्रेस काउन्सिलमा उजुरी दिएको कलाकार आचार्यले बताए।

‘मेरो फोटोको दुरुपयोग गरेर भिकारी भन्ने शब्द प्रयोग गरेर म र मेरो परिवार माथि मानसिक रुपमा तनाब दिएपछि जुन समस्या भोगे मैले, त्यस उपर प्रेस काउन्सिलमा उजुरी दिन बाध्य भए, विएल नेपालीसँग कुराकानी गर्दै उनले भने, ‘मानहानी देखी लिएर बिभिन्न कुरा समेटेर उजुरी दिएको छु, कसैको फोटो दुरुपयोग गरेर भिकारी भन्न पत्रकार आचारसंहिता भित्र पर्छ पर्दैन प्रेस काउन्सिलले छानबिन गर्छ होला, म निर्णयको प्रतिक्षामा छु।’

आफुले न्याय नपाए अदालतको ढोका ढकढकाउने उनले बताए। 

म्युजिक भिडियो निर्देशक समेत रहेका आचार्यले आफुहरुले गरेको कामको प्रोमोसनको लागि टिकटक चलाउने गरेको बताए। 
भर्खरै नयाँ भिडियो सार्वजनिक गरेका उनले भने,‘मलाई टिकटकमा पोईसा आउँछ भन्ने थाहा थिएन,पछि एउटा साथीले पोईसा आउँछ भनेर देखायो।  मेरो टिकटकमा १३ डलर रहेछ। मैले कसैलाई पैसा पनि मागेको छैन,टिकटकबाटै पैसा कमाउन भनेर चलाएको पनि हैन।’ 

‘मैले आफ्नो प्लेट फममा कामको प्रचार गर्न पाउने कि नपाउने, उनले भने, ‘अहिले म्युजिक भिडियोको प्रचारका लागि टिकटिक स्टारहरुलाई रकम पे गरेर समेत प्रोमोसन गरिन्छ नि। त्यसैले म फाट्टफुट्ट म लाइभमा बस्छु।’ 

‘मैले टिकटिक लाईभबाट पैसा अपेक्षा राखेको छैन, २५ बर्षे लामो इतिहास देखि कलाकारितामा अवनरत रुपमा संघर्ष गरिरहेका दिपक भन्छन्, ‘हिजो सुरुवाती दिनमा हाम्रा दुखहरु समेटर त्यो मिडिया त्यो सञ्चारकर्मीले कहिले समाचार बनाएन, आज सक्किगोनी चर्चित भयो भनेर हाम्रो भनेर फोटो दुरुपयोग गर्दै क्लिक बढि हुन्छ भन्दै जे लेख्न त भएन नि,उनले दुखेसो पोखे।’ 

‘म सात दिनमा भाईरल भएर आएको कलाकार होईन, पृष्ठभुमी खोजे हुन्छ,उनले भने,‘म पनि त्यो समाचार लेख्ने साथीको फोटो राखेर फलानो बलत्कारी लेख्न पाउने कि नपाउने ?’ टिकटकमा आएका प्रतिभाबानहरुलाई कथाले मागेको छ भने स्थान समेत दिएको बताउदैं उनले भने,‘मेरो ७० बर्षको आमा प्रेसरको दवाई खाईरहनुभएको छ।’ 

मेरो छोरो फलानो हो भनेर फोटो देखाएर गर्व गरिरहेको ठाउँमा तेरो छोरो त भिकारी रैछ नि भनेर कसैले त्यो न्यूजको फेक समाचार देखाउँदा जुन मानसिक पीडा पर्छ त्यो समाचार लेख्ने साथीले जिम्मेवार लिन सक्छ ?
आफु माथि अन्याय भएको भन्दै सुटिङ छोडेर प्रेस काउन्सिलमा उजुरी दिन आएको उनले बताए। 

पछिल्लो समय टिकटकमा बिकृति आएका छन्, तर सबैलाई एकै घानमा हाल्नु भएन नि ? दीपक आचार्यमाथि अन्याय भएको भन्दै उनका फ्यानहरुले आपत्ति जनाएका छन्।

प्रकाशित मिति: : 2022-01-11 21:40:00

प्रतिकृया दिनुहोस्