क्यानडामा ३०० औं पृथ्वी जयन्तीको अवसरमा छलफल कार्यक्रम आयोजना हुने

क्यानडामा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतो दिवसको अवसरमा अनलाइन छलफल कार्यक्रम हुने भएको छ। 

उक्त अवसरमा कार्यक्रम हुन लागेको कार्यक्रमका आयोजक अनिल थापाले बिएल नेपाली सेवालाई बताए। 

११ जनवरीमा "पुर्बिय समय अनुसार साँझ आठ बजे (नेपालमा बुधबार बिहान ७ बजे) "हुने कार्यक्रममा मुख्य अतिर्थी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देन रहने छन्।

त्यस्तै डा. सुरेन्द्र केसी, डा. प्रेमसिङ बस्न्यात, नरबहादुर टन्डन, कृष्ण काफ्ले, रमा सिंह, ज्ञानेन्द्र गदाल, अभिमन्यु बस्नेत, मिङ्ग्मार नोर्गे शेर्पा, नबीन रायमाझी, अमृता साह र रबिमानसिङ बस्न्यात रहनेछन्।

थापालगायत सिता संग्रौला आयोजक रहने कार्यक्रमलाई ‘इनेपलिज डट कम’ को फेसबुक पेजबाट लाइभ गरिनेछ। 

प्रकाशित मिति: : 2022-01-10 11:30:00

प्रतिकृया दिनुहोस्