
भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ। पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ।
भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ। संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ। १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन्।
पछिल्लो २४ घन्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ। एकै दिन ६१६ ओमिक्रोन संक्रमित थपिएका छन्। योसँगै ओमिक्रोनबाट संक्रमितको संख्या पनि तीन हजार ७०० पुगेको छ। संक्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरुले बताएका छन्।
१ .
२ .
३ .
४ .
५ .