साउदी राजकुमारी तीन वर्षपछि रिहा

GETTY IMAGES
GETTY IMAGES

साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन्। राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो। 

उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन्। उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन्।

उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन्। 

उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ। राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ।

आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-01-09 08:17:00

प्रतिकृया दिनुहोस्