एमाले बाँकेको अध्यक्षमा कक्षपति निर्वाचित

नेकपा एमाले बाँकेको अध्यक्षमा किस्मतकुमार कक्षपति निर्वाचित भएका छन्। ८औ जिल्ला अधिवेशनले सर्वसम्म रूपमा कक्षपतिलाई अध्यक्षमा निर्वाचित गरेको हो।

कक्षपतिको नेतृत्वमा १२० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन भएको छ। अध्यक्षमा धेरै जना आकांक्षी भएपछि शुक्रबार साँझबाट सुरु भएको बन्दसत्रले शनिबार दिउँसो अबेर मात्र कक्षपतिलाई अध्यक्षमा निर्वाचित गरेको छ। उनी खजुरा गाउँपालिकाका अध्यक्ष समेत हुन्।

यस्तै अध्यक्षकै दावेदार डिल्ली विसी उपाध्यक्षमा निर्वाचित भएका छन्। भने, सचिवमा रत्न खत्री र दिपक वर्मा, उप–सचिवमा भुमिसरा धिताल निर्वाचित भएको एमाले बाँकेको एक जिल्ला नेताले जानकारी दिए।

चिर्वाचित हुनेहरुको आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ।

प्रकाशित मिति: : 2022-01-08 17:21:00

प्रतिकृया दिनुहोस्