एमाले अर्घाखाँचीकाे अध्यक्षमा पीताम्बर भुसाल चिर्वाचित

File Photo
File Photo

नेकपा (एमाले) अर्घाखाँचीकाे अध्यक्षमा पीताम्बर भुसाल निर्वाचित भएका छन्। सन्धिखर्कमा सम्पन्न आठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा भुसाल निर्विरोध निर्वाचित भएका हुन्। 

लगातार २४ वर्ष जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको रुपमा पार्टी काममा निरन्तर खटेका नेता भुसाल कुशल, संगठक तथा सबैमा लाेकप्रिय वैचारिक नेताका रुपमा परिचित छन्।

२०७५ मा एमाले र माओवादी केन्द्र एकता पश्चात तत्कालीन  २०६५ मा वुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७० मा काठमाडौँमा सम्पन्न नवौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७८ असोजमा सम्पन्न ऐतिहासिक प्रथम विधान महाधिवेशन प्रतिनिधि र २०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिका रूपमा गएका भुसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका छन्।

त्यस्तै सम्मेलनले उपाध्यक्षमा ईश्वरा पाेख्रेल, सचिवमा ताेजबहादुर रायमाझी, उपसचिवमा शम्भुप्रसाद पाेख्रेललाई निर्विराेध चयन गरेकाे छ।

 

प्रकाशित मिति: : 2022-01-08 17:02:00

प्रतिकृया दिनुहोस्