आज पनि घट्याे सुनचाँदीको मूल्य

File Photo
File Photo

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ  कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८हजार १०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-07 11:01:00

प्रतिकृया दिनुहोस्