घर-जग्गा नदीले बगायो, कटेरोमा वनले डोजर चलायो, शीतलहर छल्न त्रिपालमा बास

घर-टहरा बनाएर सामुदायिक वनको जमीनमा बसिरहेका कैलालीका बाढी विस्थापितको बस्तीमा इलाका वन कार्यालयले डोजर चलाएपछि पुसको चिसोमा विचल्ली भएको छ।

हिमाल खबर

काठमाडौँ

कैलालीको भजनी नगरपालिका-७, हिम्मतपुरकी भग्नीदेवी चौधरी पाँच वर्षदेखि क्यान्सरबाट थला परेकी छिन्। यसबीचमा उपचारका लागि १० पटकसम्म चितवन पुगिन्। तर, रोग झन् बढ्दो छ।

उनलाई उपचारभन्दा बढी चिन्ता सुरक्षित बासको छ। आफू मर्नुअघि सरकारले सुरक्षित बासको व्यवस्था मिलाइदिओस् भन्ने कामना गर्छिन्। राम्रोसँग बोल्न समेत नसक्ने भग्नीको स्याहारसुसार उनका श्रीमान् अटवारी चौधरीले गरिरहेका छन्।

पुस तेस्रो साता अर्थात १८ पुस बिहान अटवारी बिस्ताराको छेउमै आगो बालेर श्रीमतीलाई न्यानो पार्ने कोशिश गरिरहेका थिए। 'छिनछिनमा श्रीमतीलाई हेर्न सजिलो होस् भनी गाउँमै काम खोज्छु। कमाएको जति उपचारमै सकिन्छ। सरकारले दिएको एक लाख रुपैयाँ उहिल्यै सकिइसक्यो,' उनी भन्छन्, “यो चिसोमा बिरामी श्रीमती लिएर कहाँ जाऊँ! घरमा बिरामी छ, डोजर नलगाइदेऊ भन्दा कसैले सुनेनन्। अहिले पालमुनि राखेको छु।'
 

प्रकाशित मिति: : 2022-01-06 10:36:00

प्रतिकृया दिनुहोस्