अपरेसन एम्पुल : एउटा लागु औषध तर अर्को नामको लेवलिङ, सेवनकर्ताको ज्यान धरापमा !

पहिलोपोष्ट

काठमाडौँ

अरु नै नामको औषधीको लेबलिङ गराएर तस्करहरुले लागु औषध कारोबार गर्दै आएको खुलासा भएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले गरेको अनुसन्धानमा एउटा औषधीको नाममा लागु औषध बिक्री गर्ने गरेको देखिएको हो।

ब्युरोको टोलीले सञ्चालन गरेको 'अप्रेसन एम्फुलु' अन्तर्गत चार जनाको समूहलाई नियन्त्रणमा लिएपछि लागु औषध कारोबार भित्रको अर्को अपराधको खुलासा भएको हो। ब्युरोको टोलीले पुस ७ गते भक्तपुरको दिव्यश्वरी खेल मैदानबाट लागु औषध डाइजेपाम एम्पुल, फेनारगन र बुफ्रेनोफिर्न सहित ३३ वर्षीय कृष्ण राम धकुकुछुलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि अनुसन्धानको क्रममा विष्णुकुमार देउला, रामेछाप घर भएका भुषणलाई समेत नियन्त्रणमा लिन सफल भएको थियो।

प्रकाशित मिति: : 2022-01-05 14:02:00

प्रतिकृया दिनुहोस्