विमानस्थलबाट पक्राउ परे ३३ किलो सुन प्रकरणका ‘गोरे’का भाइ

३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका—७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। 
सुन फेला नपर्दा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू पनि नेपाल फर्किन थालेको स्रोतले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-01-04 18:53:00

प्रतिकृया दिनुहोस्