शनिबार, १२ जुलाई २०२५

गठनबन्धनले टुंगाे लगायो राष्ट्रियसभा उम्मेदवार

बिएल संवाददाता

बिएल संवाददाता

सुर्खेत
2022-01-04 11:16:00
News Image
• • •

राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरूले निर्णय गरेका हुन्।

यसअघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरिसकेको छ। एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?