अरनिको मावि नुवागाउँमा पाँच लाखकाे ईन्द्र–मैसरी–दल बुढा स्मृति अक्षयकोषकाे स्थापना 

राेल्पाकाे त्रिबेणी गाउँपालिका–२ स्थित अरनिकाे मावि नुवागाउँमा अक्षयकाेष स्थापना तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएकाे छ।

अमेरिकामा बस्दैआएका छाेरा–बुहारी जीवराज बुढा, याशीका बाँठा र राेल्पामै बस्ने छाेरा–बुहारी अमृत बुढा र दिपा बुढा परिवारले आफ्नाे आमा–सासुआमा स्वर्गीय मैसरी बुढाकाे तेस्राे तीथिकाे अवसर पारेर स्वर्गीय बुवा ईन्द्र बहादुर बुढा, आमा मैसरी बुढा र काका दल बहादुर बुढाकाे नामबाट विद्यालयमा ईन्द्र–मैसरी–दल बुढा स्मृति अक्षयकोषकाे स्थापना गरेका हुन्।

त्रिवेणी गाउपालिकाकी उपाध्यक्ष सावित्रा बुढा, वडा–२ का वडा अध्यक्ष कविराज बुढा, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक गणेशबहादुर घर्ती तथा अन्य शिक्षक, विद्यार्थी तथा अभिभावकहरूकाे उपस्थितिमा बुढा–परिवारकाे तर्फबाट उक्त काेषकाे अध्यक्ष कान्छा छाेरा एमाले प्रदेश नेतासमेत रहेका अमृतबहादुर बुढाले पाँच लाख एकसय एक रूपैयाँकाे चेक विद्यालय परिवारलाई हस्तान्तरण गरेका छन्।

स्वर्गीय आमा–बुवाकाे सम्झनामा अक्षयकोषमार्फत शिक्षा क्षेत्रमा उदाहरणीय याेगदान र लगानी गरेकाे भन्दै विद्यालय परिवारले बुढा परिवारलाई धन्यवादसहित खुशी ब्यक्त गरेकाे छ। 

प्रत्येक वर्ष गरीब तथा जेहेन्दार विद्यार्थीमध्येबाट छनाैट गरी छात्रबृत्ति प्रदान गर्नेगरी स्थापना गरिएकाे उक्त काेषमा अमेरिकाकाे टेक्सासमा रहेकाे ईन्द्रेणी सांस्कृतिक समूहका पदाधिकारी तथा सदस्यहरूले समेत करिब एक लाखकाे सहयाेग गरेकाे बुढा परिवारले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-01-02 22:04:00

प्रतिकृया दिनुहोस्