६० अंकले बढ्यो नेप्से

File Photo
File Photo

सेयर बजार परिसूचकमा  साताको पहिलो दिन आइतबार  नेप्से ६०.४ अंकले बढेको छ। यो अंकको वृद्धिसँगै नेप्से २५८४ अंकमा पुगेको छ।

आज मात्र कुल ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ भन्ने, म्युचुअल फण्डबाहेक सबै उपसमूहहरु बढेका छन्।

बैंकिङ ३३, ब्यापार १९, होटल तथा पर्यटन ४२, विकास बैंक १४४, जलविद्युत ४६, फाइनान्स १२, निर्जीवन बीमा ४११, उत्पादन ३४८, अन्य ४४, माइक्रोफाइनान्स १४० र जीवन बीमा उपसमूह ३४४ अंकले बढेको छ।

कुल १६८ कम्पनीको मूल्य बढेको छ  भन्ने  १८ को कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको मूल्य भने स्थिर छ, दुई कम्पनीहरु हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ।

सूर्य लाइफ इन्स्योरेन्सको मूल्य ९.२ प्रतिशतले बढेको छ, त्यस्तै कर्पोरेट डेभलपमेन्टको मूल्य ७.७ र किसान लघुवित्तको मूल्य ७.३ प्रतिशतले बढयो, गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: : 2022-01-02 16:05:00

प्रतिकृया दिनुहोस्