एमाले जिल्ला अधिवेशनः दार्चुलामा नौ वटै पालिकाबाट प्रतिनिधि चयन, को को आए ?

नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ। जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५-१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले शनिबार गाउँ/नगर पालिका कमिटीबाट प्रतिनिधि चयन गरेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिंह बडालले बताए।

उनकाअनुसार नगर कमिटीबाट ४ जना पुरुष र २ महिला गरी ६ जना तथा गाउँपालिका कमिटीबाट ३ जना पुरुष र २ जना महिला गरी ५ जना प्रतिनिधि चयन गरिएको छ।

मालिकार्जुन गाउँपालिका कमिटीबाट पुरुषतर्फ गणेशसिंह धामी, सुरेन्द्रसिंह धामी, पदमसिंह धामी महिलाबाट कमला टमटा र जानकी धामी चयन भएको मालिकार्जुन गाउँपालिका कमिटी सचिव सुरेन्द्रसिह धामीले बताए।  

दुहुँ गाउँपालिका कमिटीबाट पुरुषतर्फ जंगबहादुर बम, जमनसिह बडाल, उत्तमबहादुर बम र महिलातर्फ भवानी लोथ्याल र पार्वती जोशी सर्वसम्मत चयन गरिएको गाउँ कमिटी अध्यक्ष जंगबहादुर बमले बताए।

लेकम गाउँपालिका कमिटिबाट ३ जना पुरुष र २ जना महिला प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमाले आठौं जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य परमानन्द जोशीले बताए।  

महाकाली नगर कमिटीबाट ४ जना पुरुष र २ जना महिला गरी ६ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको नेकपा एमाले महाकाली नगरकमिटी अध्यक्ष नरसिह चैसिरले जानकारी दिए। नगर कमिटीबाट दुर्गा धामी, मदनसिह ठगुन्ना, खडकसिंह महर,रतनसिह बोहरा र प्रेमसिह शाहु चयन भएका छन्।  

व्यास गाउँपालिकाको गाउँकमिटीबाट  मंगलसिह धामी, निर्मला धामी, नारददत्त भट्ट, राजेन्द्रसिंह कुँवर र पुजा भट्ट गरि पाँच जना प्रतिनिधि चयन गरिएको गाउँकमिटी सचिव नारददत्त भट्टले जानकारी दिए।

नेकपा एमाले नौगाड गाउँपालिका स्तरीय कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ।  पुरुषतर्फ नरेन्द्रसिह ठगुन्ना, ठगेन्द्रसिह जुहारी र पानसिंह धामी सर्वसम्मत चयन भएका छन् भने महिलातर्फ गीता ठगुन्ना र रुपा टमटा चयन गरिएको नौगाड गाउँकमिटी अध्यक्ष जनकसिह ठगुन्नाले बताए।

दार्चुलाको अपीहिमाल गाउँपालिका, मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा प्रतिनिधि छनोट गरिएको छ। एमाले दार्चुलाको आठौं जिल्ला अधिवेशन २४ पुसमा सदरमुकाम खलंगामा हुँदैछ। 

प्रकाशित मिति: : 2022-01-02 09:11:00

प्रतिकृया दिनुहोस्