खै घर नजिकको ‘सिंहदरबार’?

हिमाल खबर

सन्तोष गुप्ता

झण्डै ८० हजार जनसङ्ख्या भएको वराहक्षेत्र नगरपालिकामा एम्बुलेन्स नहुँदा गर्भवती र सिकिस्त बिरामीको ज्यान गइरहेको छ। 

गएको जेठमा सामान्य ज्वरो आएर बिरामी परेकी सुनसरीको वराहक्षेत्रकी सुधिरा झा अस्पताल जान नपाएर बितिन्। छोरा नारायणका अनुसार, ५३ वर्षीया उनलाई ज्वरोले च्याप्दै लगेपछि अस्पताल लैजान खोज्दा एम्बुलेन्स पाइएन। चार दिनपछि नारायणले आफ्नी आमालाई सदाका लागि गुमाए। 

“आमालाई सञ्चो नभएपछि नजिकैको चतरा स्वास्थ्य केन्द्रमा लगेको थिएँ, चिकित्सकले थप उपचारका लागि धरानको घोपा क्याम्प लैजानुस् भने,” नारायण भन्छन्, “थाहा भए जति एम्बुलेन्सलाई फोन गरें, तर कोरोनाको बहाना बनाएर कोही आएनन्।” नारायणका अनुसार, बोकेरै लैजाने अवस्था थिएन, बल्लतल्ल चार दिनपछि उनले नगरपालिकाको गाडीमा आमालाई अस्पताल पुर्‍याउन पाए। तर, डाक्टरले हेरेपछि बितिसकेको बताए।

प्रकाशित मिति: : 2022-01-01 06:27:00

प्रतिकृया दिनुहोस्