बिएल संवाददाता
नेपालकै पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' का कलाकारहरुको सहभागीतामा आज दुबईमा कमेडी च्याम्पियन शो आयोजना हुँदैछ।
अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा दुबईस्थित कान्तिपुर होलिडे ट्राभल्स एण्ड टुरिजमले आयोजना गरेको कार्यक्रममा कमेडी च्याम्पियन सिजन १ र २ का चर्चित कमेडियनहरु हिमेश पन्त, सुमन कार्की, सुमन कोइराला, भरतमणि पौडेल, विक्की अग्रवाल, सन्तोष थापालगायतका कमेडियनहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा गायक शिव हमाल, गायिका समिक्षा अधिकारी, प्रशना पाण्डे लगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ।

दुबईस्थित एस्टोरिया होटलको क्लब याक एण्ड यति एभरेष्टमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी विशेष अतिथिका रुपमा रहनेछन्।
कान्तिपुर होलिडे डट कमको प्रस्तुतिमा ‘कमेडी च्याम्पियन इन दुबई’ कार्यक्रम आयोजना हुन लागेको हो। यस कार्यक्रमलाई ईनास युएईको साथसाथै फिस्टेल ट्राभल्स र गृनलाईन ट्राभल्सले समेत सहयोग गरेको छ।
कोभिडका कारण हाँसो गुमाएका नेपालीहरुलाई यस कार्यक्रमले भरपुर मनोरञ्जन प्रदान गर्ने ईनास युएईका अध्यक्ष एमडि बोहराले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया