रुसी राष्ट्रपति पुटिनले गरे अमेरिकी राष्ट्रपति वाइडेनलाई फोन

इपीए
इपीए

युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ। 

दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ।  राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए। 

यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो। क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनेले गरेको उल्लेख गरिएको छ। 

यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल हुने जनाएको बीबीसीले जनाएको छ। 

 

प्रकाशित मिति: : 2021-12-31 06:27:00

प्रतिकृया दिनुहोस्