चन्द्रागिरिमा हिउँ खेल्नको लर्को [भिडियाेसहित]

शनि शाक्य

काठमाडौं

काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरिमा बिहानदेखि हिमपात सुरु भएको छ। चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। रातिदेखि परेको वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ।

चन्द्रागिरिमा पनि हिमपात भएपछि पर्यटक पुगेका हुन्। हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन्।

तस्विहरू:

 

प्रकाशित मिति: : 2021-12-29 13:19:00

प्रतिकृया दिनुहोस्