विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति बने बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेको

गेट्टी इमेज
गेट्टी इमेज

अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ। 

चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए।

सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन्। संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो। 

संस्थाका अनुसार लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ। उनीमाथि हजारौं शरणार्थिलाई भड्काएर यूरोपेली संघका साथ सीमा संकट उत्पन्न गराएको आरोप लगाइएको छ। लुकाशेको माथि कोविडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ । 

 

प्रकाशित मिति: : 2021-12-28 19:55:00

प्रतिकृया दिनुहोस्